बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा फर्कियो

बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा फर्कियो

कहिरन समाचार

काठमाडौं । काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको छ ।

शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार अहिले प्राविधिकहरुले उक्त जहाजको परीक्षण गरिरहेका छन् । १५६ जना यात्रु बोकेको उक्त विमान उडेको २५ मिनेटमा नै फर्काइएको हो ।