उखु किसान ८ दिन देखि धर्नामा, सरकार बेखवर

उखु किसान ८ दिन देखि धर्नामा, सरकार बेखवर

कहिरन समाचार

काठमाडौं । कपिलवस्तुका ३१ जना उखु किसान सरकारले घोषणा गरेको अनुदान नपाएको भन्दै काठमाडौंको माइतिघर मण्डलामा आठ दिनदेखि धर्नामा बसेका छन् । तर सरकार भने बेखबर छ । अहिलेसम्म सरकारी पक्षबाट कुनै पहल नभएको उनीहरुको गुनासो छ ।

सरकारले २०७१ सालमा प्रतिक्वीन्टल २५ रुपैयाँका दरले उखु किसानहरुलाई अनुदाल दिने घोषणा गरेको थियो । अन्य जिल्लाका उखु किसानहरुलाई जिल्ला कृषि कार्यालय मार्फत सोही समयमा उपलब्ध गराए पनि आफूहरुले नौ वर्ष भइसक्दा पनि नपाएको उनीहरुले बताएका छन् ।

कपिलवस्तु उखु किसान सघर्ष समितिका अध्यक्ष अनुप कुमार चौधरीले माग सम्बोधन नभएसम्म नर्फकर्ने आफूहरुको अडान रहेको बताए । ‘हामी पैसा लिएरै फर्कन्छौँ, यतिकै किनारा लाएर फर्कनौं । सरकारले हाम्रो पैसा दिलाओस् या त हाम्रो लास घर पठाइदेओस्’, उनले भने ।

सरकारले दिनुपर्ने साढे २ करोड रकम भुक्कानी मिल मालिकले पाए पनि आफूहरूले नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । कपिलवस्तुका करिब ८ हजार किसानले आफ्नो उखुको मूल्य नपाएको अध्यक्ष अनुपकुमार चौधरीले बताए ।

कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको महालक्ष्मी सुगर्स मिलले पैसा माग्न जादाँ सरकार दिने भन्ने र सरकारले मिल सञ्चालकले लगेको छ भनेर अल्मलाइरहेको किसान बताउँछन । उखु बेचेको ९ वर्ष हुँदा पनि किसानले अझै पैसा पाएका छैनन् ।