चालु वर्षको १० महिनामा १२ खर्ब ४ अर्बको व्यापार घाटा

चालु वर्षको १० महिनामा १२ खर्ब ४ अर्बको व्यापार घाटा

कहिरन समाचार

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु. १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु. १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको माल वस्तु आयात गरेको छ । दश महिनाको अवधिका कूल रु. १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख बराबरको व्यापार गरेको छ ।

विभागका अनुसार सो अवधिमा नेपालले रु. एक खर्ब ३० अर्ब ९० करोड बराबरको माल वस्तु निर्यात गरेको छ । सो अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ । गत वर्षको सोही अवधिमा नेपालले रु. एक खर्ब ७३ अर्ब ३४ करोड बराबरको माल वस्तु निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आवको १० महिनामा वस्तु निर्यात २४.४९ प्रतिशतले घटेको छ ।

विभागका अनुसार आव २०७८/७९ मा रु. १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख बराबरको कूल आयात गरेकामा चालु आवको १० महिनामा रु. १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको आयात भएको छ ।

कूल कारोबारका आधारमा आव २०७८/७९ रु. १७ खर्ब ७८ अर्ब बराबरको व्यापार भएकामा चालु आवको १० महिनामा रु. १४ खर्ब ६६ अर्ब २२ करोड बराबरको व्यापार भएको छ ।