भ्रष्टाचार निवारणसम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमा

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमा

कहिरन समाचार

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन’ नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरेको छ ।

नियमावली बनेपछि दुवै संयुक्त समिति गठन हुनेछन् । १६ सदस्यीय रहेको नियमावली मस्यौदा समितिलाई ७ दिनको समय दिइएको छ । समितिको सभापति भने समितिकै बैठकले चयन गर्नेछ ।

यस्तै भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ दफवार छलफलका लागि संसदीय समितिमा पुगेको छ । प्रतिनिधिसभाको बैठकले यो विधेयकलाई राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइने भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते बस्नेछ ।