थप १४ नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र

थप १४ नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र

कहिरन समाचार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ ब्रोकर लाईसेन्सको लागि आवेदन दिएका मध्ये थप १४ कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ । सेबोनको बिहीबारको बैठकले थप १४ कम्पनीलाई एलओआई प्रदान गर्ने निर्णय गरेको हो ।

यसअघि पहिलो चरणमा १६ र दोस्रो चरणमा १३ कम्पनीसहित एलओआई पाउने कम्पनीको संख्या ४३ पुगेको छ । आवेदन दिएको मध्ये इगल स्टक इक्विटी प्रालिको आवेदन नियम अनुसार नभएको, एनआईसी एसिया सेक्युरिटिज खारेज भएको र सेन्चुरी स्टक ब्रोकरले आवेदन फिर्ता लिएको सेबोनले जनाएको छ ।