यस्तो छ एमाले केन्द्रीय कमिटीले पारित गरेका १६ बुँदे प्रस्ताव

यस्तो छ एमाले केन्द्रीय कमिटीले पारित गरेका १६ बुँदे प्रस्ताव

कहिरन समाचार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । गत बिहीबारदेखि तीन दिन बसेको बैठकले १६ बुँदे प्रस्ताव पारित गरेको छ ।

बैठकले प्रमुख राजनीतिक दलबीच समझदारी निर्माणका लागि पहल गर्ने निर्णय गरेको छ । यस्तै अस्थिरता र अराजकताका प्रवृति पनि झाँगिन खोजेको भन्दै बैठकले राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न, राजनीतिक स्थायित्व र स्थिरता कायम गर्न केन्द्रित बन्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पेश गरेका थिए । त्यस्तै, एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।