न्याम्समा रिक्त पदपूर्तिको माग गर्दै प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

न्याम्समा रिक्त पदपूर्तिको माग गर्दै प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

कहिरन समाचार

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा पदाधिकारी नियुक्तिको माग गर्दै प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

वीर अस्पताल कर्मचारी युनियनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्यमन्त्री मोहनबहादुर वस्नेतलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको हो ।

पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान र वीर अस्पतालमै कार्यरत वरिष्ठ प्राध्यापक मध्येबाट नियुक्ति गर्नुपर्ने तथा पदाधिकारी नियुक्तिमा प्रतिष्ठान सेवा तर्फबाट कम्तीमा ५० प्रतिशत पदाधिकारी नियुक्ति गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

न्याम्समा उपकुलपति, रेक्टर, रजिष्ट्रार र डिनको कार्यकाल २०७९ फागुन ३० गते सकिएसँगै चार पद रिक्त छन् ।