गण्डकी प्रदेश सरकारले पायो पूर्णता

गण्डकी प्रदेश सरकारले पायो पूर्णता

कहिरन समाचार

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार कांग्रेसबाट थप ३ र माओवादी केन्द्रबाट एक मन्त्री थपेका हुन् ।

कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा, जीतप्रकाश आले र माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन् । यससँगै गण्डकी प्रदेश सरकार ७ सदस्यीय भएको छ । मुख्यमन्त्री पाण्डेले यसअघि कांग्रेस र माओवादीबाट एक एक जनालाई मन्त्री बनाएका थिए ।

मुख्यमन्त्रीको सपथसँगै कांग्रेसबाट मन्त्री बनेकी सरस्वती अर्याल तिवारीले उर्जा जलस्रोत तथा खानेपानी र माओवादीबाट मन्त्री भएकी सुशीला सिम्खडाले सामाजिक विकास तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

आज मन्त्रीमा नियुक्त जुग्गालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, जिसीले कृषि तथा भूमि व्यवस्था, आलेले आर्थिक मामिला र थापाले उद्योग पर्यटन, वन तथा वातावारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नवनियुक्त चारै मन्त्रीलाइ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै सपथ ग्रहण गराएका छन् ।