यौन दुर्व्यवहार आरोपमा शुभम फाउन्डेशनका सञ्चालक मदन राई पक्राउ

यौन दुर्व्यवहार आरोपमा शुभम फाउन्डेशनका सञ्चालक मदन राई पक्राउ

कहिरन समाचार

काठमाडौं । खोटाङको शुभद्रा मदन (शुभम) फाउन्डेशनका सञ्चालक मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले राईलाई अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जानकारी दिए । उनले एक जना पीडित पनि प्रहरीको सम्पर्कमा आएको बताए । थप सोधपुछ भइरहेको उनको भनाइ छ ।

बैकल्पिक शिक्षाको नारा सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा राईले फाउन्डेशन सञ्चालन गरेका छन् । फाउन्डेशनमा डेढ सय विद्यार्थी बस्दै आएका छन् ।