क्याम्पस क्षेत्रमा पर्चा बाड्दै हिड्ने ६१ जना महानगरको कारबाहीमा

क्याम्पस क्षेत्रमा पर्चा बाड्दै हिड्ने ६१ जना महानगरको कारबाहीमा

कहिरन समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाले क्याम्पस क्षेत्रमा विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रबार महानगरपालिका भित्रका क्याम्पस र कलेज वरिपरि विज्ञापनजन्य सामग्री बाँड्दै हिँड्ने ६१ जना कारबाहीमा परका हुन् ।

पटकपटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए । उनले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्नरनराख्न सूचना जारी गरे पनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए ।

महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न नराख्न, पटकपटक अनुरोध र सूचना निकालेका थियौँ । यो सूचनालाई अटेर गरी परीक्षा केन्द्रमा पम्प्लेट बाँड्ने र पर्चा बाँड्ने काम गरेपछि यस्ता पोस्टर बाँड्नेहरूलाई हामीले कार्यालयमा ल्याएर कारबाहीको दायरामा ल्याएका छौँ,’ पाण्डेले भने, ‘पहिलोपटक भएकाले हामीले संस्थाहरूलाई ५ हजारको दरले जरिबाना गरेका छौँ । हामीले ६१ जनालाई लिएर आएका छौँ, उनीहरूलाई संस्थाबाइज ५ हजारका दरले जरिबाना गर्नेछौँ । अटेर गरिरहने हो भने जरिबानाको दायरा बढ्छ ।’