विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

कहिरन समाचार

काठमाडौं । बैदेशिक प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा २० वर्षीय सृजन निरौलालाई पक्राउ गरिएको हो । उनले सिंगापुर पठाइदिने प्रलोभनमा पारी १२ जनाबाट पटकपटक गरी ९५ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, वैदेशिक रोजगार तथा आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा ४६ वर्षीय अन्जन सिग्देल र ३८ वर्षीय होमबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले सिग्देललााई जडिबुटी नरेफाँटबाट र तामाङलाई बसुन्धाराबाट पक्राउ गरिएको हो । सिग्देलले माल्दिभ्स र तामाङले दुबई पठाउने भन्दै ठगी गरेको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तीनै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।