त्रैमासिक समीक्षामा लचिलो नीति, बैंकदर १ प्रतिशतले घट्यो (पूर्णपाठ)

त्रैमासिक समीक्षामा लचिलो नीति, बैंकदर १ प्रतिशतले घट्यो (पूर्णपाठ)

कहिरन समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । बैंकले शुक्रबार मौद्रिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई १ प्रतिशतले घटाएको छ ।

राष्ट्र बैंकले नीतिगत दरलाई ७ प्रतिशतमा यथवात राख्दै बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको छ । यसले निक्षेप तथा ऋणको ब्याज घटाउन सहयोग पुग्छ ।

यस्तै, बैंले ऋणपत्रका कारण रोकिएको ऋण लगानीलाई पनि सरलीकृत गरेको छ । ऋणपत्रलाई कर्जा-निक्षेप अनुपात गणना गर्ने प्रयोजनका लागि स्रोतका रुपमा समेत गणना गर्ने पाउने व्यवस्थालाई २०८० पुस मसान्तसम्मलाई निरन्तरता दिइएको छ । यसले बैंक ऋण थप सहज हुन्छ ।

राष्ट्र बैंकले पुनर्कर्जा दिने व्यवस्था गरेको छ । पछिल्ला दुई त्रैमासमा ऋणात्मक भएको आर्थिक क्षेत्रसँग सम्बन्धित क्षेत्रलाई पुनर्कर्जा दिने भएको हो । अहिले राष्ट्र बैंकले पुनर्कर्जालाई साढे ६ अर्बमा झारेको छ ।

राष्ट्र बैंकले २ करोड रुपैयाँसम्म ऋण भएकाहरुलाई दिइएको सुविधा पाँच करोड रुपैयाँ पुर्‍याइएको छ । होटल तथा रेस्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।

चालु पुँजी कर्जालाई ब्याज नियमित रहेको अवस्थामा कुनै किसिमको हर्जाना र शुल्क नलिने गरी ३ महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सकिने सुविधा दिएको छ ।

हेर्नुहोस् मौद्रिक नीतिको पूर्णपाठ