सामाजिक सुरक्षा भत्ता कटौती हुदैन : अर्थमन्त्री महत

सामाजिक सुरक्षा भत्ता कटौती हुदैन : अर्थमन्त्री महत

कहिरन समाचार

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता कटौती नगर्ने भएको छ । राष्ट्रियसभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताबारे सांसदहरुले उठाएका प्रश्न, खबरदारी र सुझावलाई आत्मसाथ गरेर बजेट आउने अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका हुन् ।

मन्त्री महतले सामाजिक सुरक्षाका सम्बन्धमा वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कटौती गर्ने कुनै योजना नरहेको बताए ।

‘सामाजिक सुरक्षाका बिषयमा हामी प्रतिबद्ध छौँ, त्यसलाई फूलफिल गर्छौं । त्यसलाई कटौती गर्ने कुनै योजना छैन् । जसरी भएपनि बोलीसकेका र प्रतिबद्धता गरेका कुराहरुबाट पछि हट्दैनौं’, उनले भने

उनले आर्थिक वृद्धिदर कुनै सीमित वर्ग र समुदायमा मात्र सीमित नभइ समावेशी हुने गरी आगामी बजेट तय हुने दाबी पनि गरे । राजश्व घटेको र पुँजीगत खर्च कम भएको अवस्थामा आगामी आवमा पुँजीगत खर्चको प्रभावकारिता बढाउने वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताए ।

‘साधारण खर्च घटाउने, अनावश्यक संरचनालाई घटाउने, पूर्जीगत खर्चको प्रभावकारीता बढाउनेछ । हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, उदासिनता छ । हाम्रो संयन्त्रमा अन्तिम समयमा खर्च गर्ने प्रचलन छ ।’, उनले भने, ‘हामी ‘डे–वान’ देखि नै खर्चको महिना–महिनामा मनिटरिङ गर्छौं ।’

राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफल सकिएको छ ।