सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

कहिरन समाचार

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कांग्रेस सर्लाहीका प्रवक्ता विकाशकुमार ठाकुरले सांसद सिंहविरुद्ध सोमबार उजुरी दिएका हुन् ।

सांसद सिंहमाथि आमनिर्वाचनका क्रममा मतदाता खरिद गरेको र अस्वाभाविक रूपमा आर्थिक हैसियत कायम गरेको आरोप छ ।

‘मधेस प्रदेश, निर्वाचनका क्रममा देखाएको आर्थिक रवाफ तथा मतदाता खरिद गर्न प्रयोग भएको व्यवस्थापनले यति ठूलो आर्थिक हैसियत बनाउनु एक नेताका लागि महत्वपूर्ण विषय हो । यसका साथै सर्लाहीबाट आर्थिक चलखेलले पटक–पटक निर्वाचित हुँदा पनि त्यस क्षेत्रको समृद्धिका लागि कुनै पहल नगरी आफू र आफ्ना नजिकका आफन्तलाई पोस्ने कार्य निरन्तर भइरहेको छ। राजनीतिलाई पेसा बनाएर सर्लाही जिल्लालाई यो तहको धोकाधडी लामो समय सहन नसक्ने भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तपशीलबमोजिमका आधारमा अनुसन्धान गरी आवश्यक कारबाही गरी पाऊँ,’ ठाकुरले आयोगमा दिएको उजुरी निवेदनमा उल्लेख छ,

सर्लाहीको बलरा नगरपालिका वडा नं ४ स्थायी ठेगाना भई हाल ललितपुरको भैँसेपाटीमा बस्ने ५२ वर्षीया अमरेशकुमार सिंह पछिल्लो ०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नं ४ बाट स्वतन्त्रतर्फबाट निर्वाचित सांसद हुन् ।