शेयर बजारमा दोहोरो अकंको गिरावट, कारोबार पनि घट्यो

शेयर बजारमा दोहोरो अकंको गिरावट, कारोबार पनि घट्यो

कहिरन समाचार

काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अकले घटेको छ । बजार घटेसँगै कारोबार रकम पनि घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार १९.१२ अंकले घटेको हो । १.०२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५०.६१ विन्दुमा बन्द भएको छ ।

आइतबार २६३ कम्पनीका २० लाख १५ हजार ९ सय ५९ कित्ता शेयर २३ हजार ५१ पटक खरिदबिक्री हुँदा ६० करोड ८१ लाख ३५ हजार ९४.१३ रुपियाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ८.२२ प्रतिशतले नाफा कमाए छन् । लघुवित्तको शेयर प्रतिकित्ता ४१.२ अकंले बढेर प्रतिकित्ता रु. ५४२.७ कायम भएको छ । दोस्रोमा इस्र्टन हाईडोपावर कम्पनीको शेयर ७.६१ प्रतिशले बढेर प्रतिकित्ता रु. ३८७.४ कायम भएको छ ।

यस्तै सबैभन्दा बढी घाटा ब्यहोर्नेमा एनएमबि बैंकको ऋणपत्रका लगानीकर्ताहरु रहेका छन् । उक्त क्रणपत्रको इकाई मूल्य ८.८३ प्रतिशतले घटेर प्रतिइकाई मूल्य रु. ७६१ कायम भएको छ । आज ३४ कम्पनीको शेयर मूल्य बढ्दा बाँकी कम्पनीको शेयर घटेको छ ।

नेप्सेका अनुसार आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३ करोड २२ लाख ३७ हजार ६ सय ७.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज नेप्सेको सबै उपसूचक घटेको छ ।