सिम्रिक एयरको हेलिकप्टर उडानमा प्रतिबन्ध

सिम्रिक एयरको हेलिकप्टर उडानमा प्रतिबन्ध

कहिरन समाचार

काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनापछि सिम्रिक एयरका हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि सिम्रिकका सबै उडानमा प्रतिबन्ध लगाएको बताएको छ । प्राधिरणका अनुसार हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा जाँचबुझ भएपछि मात्र उत्त एयरका हेलिकोप्टर उडान हुनेछ ।

शुक्रबार माथिल्लो अरुणको सामान पुर्‍याएर फर्किदा संखुवासभाको भोटखोला गाउँपालिका–४, सिप्रुङ भन्ने स्थानमा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।