राष्ट्रपति पौडेलले नागरिकता विधेयकबारे कानूनिवद्सँग परामर्श गर्दै

राष्ट्रपति पौडेलले नागरिकता विधेयकबारे कानूनिवद्सँग परामर्श गर्दै

कहिरन समाचार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे कानूनिवद्सँग आज परामर्श गर्ने भएका छन् । राष्ट्रपति पौडेलले ​अहिले केहीबेरमा कानुनविद्सँग परामर्श गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

अघिल्लो सरकारको पालामा सदनबाट पास भएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । सरकारले यो विधेयक अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले कानुन व्यवसायीहरूसँग विधेयकमा परामर्श गरेका थिए । लगत्तै राष्ट्रपतिले ​कानुनविद्सँग छलफल गर्न लागेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।