फिक्कलमा ढिस्कोले पुरिएर चार भारतीय नागरिकको मृत्यु

फिक्कलमा ढिस्कोले पुरिएर चार भारतीय नागरिकको मृत्यु

कहिरन समाचार

इलाम । सुर्योदय नगरपालिकामा घर बनाउने क्रममा पुरिएर ४ जना भारतीय नागरिकको मृत्यु भएको छ ।

फिक्कल बजार नजिकै स्थानीय बिनोद श्रेष्ठको घर बनाउन जग खन्ने क्रममा ढिस्को झरेर पुरिएका चार जना भारतीय युवकको मृत्यु भएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंक निवासी बर्ष १८ का अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र बर्ष १९ को मैजफर आलम रहेका इलाका प्रहरी पशुपतिनगरका प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए ।

अन्य तीन जनाले भने भागेर ज्यान जोगाएका छन् । मृतकहरुको शव फिक्कल अस्पतालमा राखिएको छ ।