मन्त्री चयनमा कांग्रेसभित्रै देउवाको आलोचना

मन्त्री चयनमा कांग्रेसभित्रै देउवाको आलोचना

कहिरन समाचार

काठमाडौँ । नेपाली कांग्रेसभित्र मन्त्री छनोटको विषयमा सभापति शेरबहादुर देउवाको आलोचना भएको छ ।

मन्त्री चयनमा पार्टीभित्रको सन्तुलन र समावेशी नभएको भन्दै आज बसेको पार्टी पदाधिकारी बैठकमा नेताहरु सभापति देउवाको आलोचना भएको हो ।

सहमहामन्त्री जीवन परियारले सरकारमा कांग्रेसबाट दलित, मधेसी र पिछडिएका क्षेत्रको प्रतिनिधित्व नभएको भन्दै आक्रोश व्यक्त गरे । परियारको कुरा सुनेपछि देउवाले गठबन्धन सरकारमा धेरै मन्त्रालय नपाएकाले सबैलाई समेट्न नसकेको जवाफ दिएका छन् ।

कांग्रेसबाट आठ जना मन्त्री सरकारमा सहभागी भएका छन् । उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस संघीय सरकारमा सामेल छ ।

जसमा एक जना महिला र ३ जना आदिवासी जनजाति कलस्टरबाट मन्त्री बनेका छन् भने बाँकी ४ जना खसआर्यबाट मन्त्री छन् । मधेसी, दलित, पिछडिएका क्षेत्र, थारु र मुस्लिम कलस्टरबाट कांग्रेसले एक जनालाई पनि मन्त्री बनाएको छैन ।