गठबन्धन बैठकमा सरकारको नीति, तथा कार्यक्रमबारे छलफल

गठबन्धन बैठकमा सरकारको नीति, तथा कार्यक्रमबारे छलफल

कहिरन समाचार

काठमाडौं । सत्ता गठबन्धन दलहरुको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा आगामी आर्थिक बजेट, नीति, तथा कार्यक्रम, सरकारलाई पूर्णता दिनेबारे छलफल भएको छ ।

संसद्को बर्खे अधिवेशन आह्वान भइसकेको सन्दर्भमा आजको बैठक बजेट निर्माणमा केन्द्रित रहेको काँग्रेस नेता रमेश लेखकले बताएका छन् ।

वैशाख २४ गते संसद्को अधिवेशन बोलाइएको र अधिवेशन बजेटपूर्वक छलफल, सरकारका नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षणसँग सम्बन्धित विषय छलफल हुनाले त्यसकै पूर्व तयारीकारूपमा आजको बैठकमा छलफल भएको लेखकले बताएका छन् ।

उनले गठबन्धन दलका बिचमा कुनै विवादको विषय नभएको र अहिले सत्ता गठबन्धन फेरिने सम्भावना पनि नभएको बताएका छन् साथै आजको बैठकमा रास्वपा लाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको लेखकले बताएका छन् ।