नवौं पटक मन्त्रिमण्डल विस्तार, कांग्रेसका तीन मन्त्री थपिए

नवौं पटक मन्त्रिमण्डल विस्तार, कांग्रेसका तीन मन्त्री थपिए

कहिरन समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवौं पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्रीले कांग्रेसबाट तीन जनालाई सरकारमा सहभागी गराएका हुन् ।

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नै तीन मन्त्रीलाई नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूको शपथ भोलि दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।