मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न अध्यादेश जारी

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न अध्यादेश जारी

कहिरन समाचार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । उनले बुधबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नु भएको छ’, राष्ट्रपतिको कार्यालयले भनेको छ ।

सरकारले मिटरब्याज पीडितहरुका समस्या समाधानका लागि अध्यादेश ल्याएको हो । सरकारले मिटरब्याज पीडितका समस्या समाधानका लागि आयोग समेत बनाएको थियो ।

गत मंगलबार मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या समाधानका लागि अध्यादेश पठाउने निर्णय गरेको थियो ।