हिमपहिरोमा बेपत्ता तीनजनाको शव भेटियो

हिमपहिरोमा बेपत्ता तीनजनाको शव भेटियो

कहिरन समाचार

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका-१ बेलिनमा गएको हिमपहिरोमा परी बेपत्ता हुनेमध्ये तीनजनाको शव भेटिएको छ ।

हिजो दिउँसो गएको हिमपहिरोमा पुरिएका ५ मध्ये दुई महिला र एक युवकको शव फेला परेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

उनका अनुसार दुई महिलाको सनाखत भएको छैन भने युवक जुहु गाउँपालिका-४ का १८ वर्षीय प्रवीण कुँवर रहेका छन् ।

भौगोलिक कठिनाइका कारण फेला परेका शव निकाल्न नसकिएको प्रजिअ जोशीले बताए । बाँकी बेपत्ता दुईजनाको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । यार्सागुम्बा खोज्न १२ जना बोलिनतिर गएका थिए ।