संसद्को बजेट अधिवेशन आह्वान गर्न सिफारिस

संसद्को बजेट अधिवेशन आह्वान गर्न सिफारिस

कहिरन समाचार

काठमाडौं । सरकारले वैशाख २४ गतेका लागि संसद्को बजेट अधिवेशन आह्वान गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन वैशाख २४ गते आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सरकारले हरेक जेठ १५ मा वार्षिक बजेट प्रस्तुत गर्दै आइरहेको छ । बजेट ल्याउनु अगाडि राष्ट्रपतिले संघीय संसद्‌का दुवै बैठकमा नीति तथा कार्यकम प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।