प्रतिनिधि सभा सदस्य लक्ष्मी कोइरी निलम्बित 

प्रतिनिधि सभा सदस्य लक्ष्मी कोइरी निलम्बित 

कहिरन समाचार

काठमाडौं । हत्या अभियोग लागेर फरार रहेका प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन् ।

महोत्तरी क्षेत्र नम्बर–१ मा नेकपा (एमाले)बाट निर्वाचित सांसद कोइरीलाई निलम्बन गर्ने निर्णय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार अनुसन्धान गर्नुपर्ने भन्ने प्रहरी कार्यालयले पठाएको पत्रको आधारमा सभामुखले निलम्बन गरेको सचिवालयका महासचिव भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।