यातायात कार्यालयका तत्कालीन उपसचिव भट्टराईविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यातायात कार्यालयका तत्कालीन उपसचिव भट्टराईविरुद्ध भ्रष्टाचार मुद्धा दायर

कहिरन समाचार

काठमाडौं । यातायात व्यवस्था कार्यालय, सुकेधारा, काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध १ करोड रुपैयाँ बढिको बिगो मागदावीसहित भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

अख्तियारले आज गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा १ करोड १५ लाख २९ हजार १ सय ९३ रुपैयाँ बिगो माग गर्दै विषेश अदालत काठमाडौंमा मुद्धा दायर गरेको अख्तियारका प्रबक्ता भोला दाहालले जानकारी दिए  ।

भट्टराईले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०३८ सालदेखि ०७५ मंसिर मसान्तसम्मको अवधिमा आयस्रोत भन्दा बढि उक्त रकम गैरकानुनी आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ ।

भट्टराईले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे/बढाएको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक र छोरी प्रेरिकाको नाममा राखेको देखिएकोले उनिहरुको नाममा रहेको सम्पत्ति जफतका लागि प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको छ ।