सरकारमा रहने/नरहने बारे रास्वपाले शुक्रबार निर्णय गर्ने

सरकारमा रहने/नरहने बारे रास्वपाले शुक्रबार निर्णय गर्ने

कहिरन समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने कि नजाने भन्ने विषयमा शुक्रबारको बैठकले निर्णय गर्ने भएको छ ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकपछि बोल्दै पार्टी प्रवक्ता डा. मुकुल ढकालले सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्नेबारे शुक्रबारको बैठकले निर्णय गर्ने बताए ।

‘अहिलेको अवस्थामा हाम्रो पार्टी सरकारमा छैन तर संसदमा सत्तापक्षको बेन्चमा छ । अब पार्टीले कि प्रतिपक्षमा बस्ने कि सरकारमा जाने स्पष्ट निर्णय गर्छ ।’ ढकालले भने, ‘अब शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर निर्णय गर्छौं‌ ।’

यस्तै बैठकले सभापति रवि लामिछनेलाई संसदीय दलको नेता बनाउन निर्देशन दिएको छ । सभापति लामिछानेलाई सर्वसम्मत संसदीय दलको नेता बनाउन निर्देशन दिने निर्णय गरेको प्रवक्ता ढकालले जानकारी दिए।

आजै बस्ने संसदीय दलको बैठकले लामिछानेलाई दलको नेता चयन गर्ने उनले बताए ।