लिभरपुलले टोटेनहमलाई हरायो

लिभरपुलले टोटेनहमलाई हरायो

कहिरन समाचार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमलाई हराएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ४-३ गोल अन्तरले हराएको हो ।

खेलको तेस्रो मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । पाँचौं मिनेटमा लुइस डियाजले गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो । खेलको १५ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुलको अग्रता तेब्बर बनाए ।

खेलको ३९ औं मिनेटमा ह्यारी केनले गोल गर्दा टोटेनहमले ३-१ को स्थितिमा आयो । खेलको ७७ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ३-२ को स्थितिमा ल्याए ।

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा टोटेनहमका रिचार्लिसनले गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याए । त्यसपछि इन्जुरी समयको चौंथो मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई ४-३ को जित दिलाए ।

जितसँगै लिभरपुलले ३३ खेलमा ५६ अंक जोडेको छ । लिभरपुल पाँचौं स्थानमा रहेको छ । टोटेनहम ५४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।