शेयर बजारमा १९ अंकको गिरावट

शेयर बजारमा १९ अंकको गिरावट

कहिरन समाचार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार १९.१० अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज नेप्से परिसूचक १.०१ प्रतिशत घटेर १८७०.६६ विन्दुमा झरेको छ ।

नेप्सेका अनुसार आज कारोबार भने केही बढेको छ । आज २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता शेयर २६ हजार ८०१ पटकमा रू. ९५ करोड ४३ लाख बराबर कारोबार भएको छ ।

घटेको बजारमा आज सबैभन्दा बढी एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले नाफा कमाएको छ । फण्डको इकाई मूल्य ३.३३ प्रतिशत बढेर रू. ८.०६ पुगेको छ । त्यस्तै दोस्रोमा ‘८.५∞ प्रभु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्रको मूल्य ३.१८ प्रतिशत बढेर रू. ८१० पुगेको हो ।

यस दिन एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूले सर्वाधिक गुमाएका छन् । फण्डको इकाई मूल्य ८.८९ प्रतिशत घटेको छ । फण्डको इकाई मूल्य रू. ८.२० मा झरेको छ । त्यस्तै दोस्रोमा अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयर मूल्य ४.७० प्रतिशत घटेर रू. ३०४ मा कायम भएको छ ।

आज सर्वाधिक शेयर कारोबार शिवम् सिमेन्ट्सको भएको छ । कम्पनीको रू. ४ करोड २५ लाख बराबर कारोबार भएको हो । त्यस्तै सर्वाधिक दोस्रोमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको रू. ३ करोड ५७ लाख बराबर कारोबार भएको छ ।

कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र घटेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक १.८७ प्रतिशत घटेको हो ।