आज मध्यरातदेखि संसदको हिउँदे अधिवेशन अन्त्य हुने

आज मध्यरातदेखि संसदको हिउँदे अधिवेशन अन्त्य हुने

कहिरन समाचार

काठमाडौँ । सरकारले आज मध्यरातिदेखि प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।

गत मंसिरमा सम्पन्न निर्वाचनपछि २५ पुसमा संसद्को पहिलो बैठक राखिएको थियो । आजको बस्ने प्रतितिधिसभाको बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतितिधिसभाका १० वटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।