शेयर बजारमा झिनो गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा झिनो गिरावट, कारोबार रकम पनि घट्यो

कहिरन समाचार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार झिंनो अकंले घटेको छ भने कारोबार कारोबार रकम पनि घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से)का अनुसार आज बजार २.२७ अंकले घटेर नेप्से परिसूचक १८८९.७३ अंकमा रहेको छ । यस्तै सेन्सेटिभ इन्डेक्स ०.१३ प्रतिशत र फ्लोट इन्डेक्स ०.०७ प्रतिशतले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०१ प्रतिशत बढेको छ ।

आज २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता शेयर २१ हजार ८५१ पटकमा रू. ७३ करोड ९६ लाख रुपैँया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका घितोपत्रमध्ये सिटिजन्स म्युचुअल फण्ड २ को इकाईधनीहरुले नाफा कमाएका छन् । फण्डको इकाई मूल्य ५.८५ प्रतिशतले बढेर रू. ७.७८ पुगेको छ । त्यस्तै दोस्रोमा तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ५.०८ प्रतिशत बढेर रू. ४०५.६० पुगेको हो ।

एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूले सबैभन्दा बढी गुमाएका छन् । फण्डको इकाई मूल्य १० प्रतिशत घटेर रू. ९ मा झरेको छ । त्यस्तै दोस्रोमा ‘एनएमबि डिबेन्चर ८.५० ∞२०८७/८८’ ऋणपत्रको मूल्य ९.५३ प्रतिशत घटेर रू. ८८६.६० कायम भएको हो ।

बिहीवार एभरेष्ट बैंकको उच्च कारोबार भएको छ । कम्पनीको रू. ३ करोड ७६ लाख बराबर कारोबार भएको हो । त्यस्तै दोस्रोमा नबिल बैंकको रू. ३ करोड २७ लाख बराबर कारोबार भएको छ ।

कारोबारमा आएका समूहगत परिसूचकमध्ये दुई समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशत बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी १.२८ प्रतिशत घटेको छ ।