कतारविरुद्ध नेपाल दियो १५८ रनको सामान्य लक्ष्य

कतारविरुद्ध नेपाल दियो १५८ रनको सामान्य लक्ष्य

कहिरन समाचार

काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारविरुद्ध खराब सुरुवात गरेको नेपाल १५७ रनमा समेटिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा अलआउट हुदै १५७ रन मात्र बनायो ।

नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौका सहयोग सर्वाधिक ४२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाए ।

दीपेन्द्र सिंह ऐरीले १९ बलमा १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए । अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ४६ रनको साझेदारी गरेपश्चात नेपाल सम्मानजनक योगफलसम्म पुग्यो ।

कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३/३ तथा गयान मुनवारा २ विकेट लिए ।

लिग चरणका अन्तिम खेलमा टियु मैदानमा नेपाल र कतार तथा मूलपानी क्रिकेट मैदानमा कुवेत र हङकङको खेल भइरहेको छ ।

नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । समूह ‘ए’ बाट नेपालसँगै ओमन सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

त्यस्तै, समूह ‘बी’ बाट यूएई सेमिफाइलनमा प्रवेश गरिसकेको छ । सेमिफाइनलमा पुग्ने अर्को टीमका लागि कुवेत र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् । जित्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।