प्रतिनिधि सभा बैठक बस्दै, विशेष समिति गठन गरिदै

प्रतिनिधि सभा बैठक बस्दै, विशेष समिति गठन गरिदै

कहिरन समाचार

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाई समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

यस्तै विशेष समिति गठनका लागि सांसद ईश्वरी देवी न्यौपानेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनी सदस्यहरूको नामावलीसहितको प्रस्ताव पेश गर्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफलका लागि पेश गर्ने, विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको छ ।

दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कायायलयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने छन् । बैठकमा ‘सुढृढ अर्थतन्त्र निमार्णको लागि अलपकालीन, मध्यकालीन र दीर्घकालीन नीति योजना निमार्ण गरी प्रभावकारी कार्यन्वयन गर्ने ।’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुनेछ । यो जरुरी महत्त्वको प्रस्तावको प्रस्तावक सांसद मदनकुमारी शाह ‘गरिमा’ हुन् ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधायन व्यवस्थापन समितीको प्रतिवेदनसहित ‘अध्यागन विधेयक २०७६ ’ छलफल र पारितका लागि पेश गर्नुहुने संसद सचिवालयले जनाएको छ ।