सवारी लाइसेन्स नविकरण १० वर्षमा गर्ने तयारी

सवारी लाइसेन्स नविकरण १० वर्षमा गर्ने तयारी

कहिरन समाचार

काठमाडौँ । सरकारले सवारी लाइसेन्स १० वर्षमा नविकरण गर्ने ब्यवस्था ल्याउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आज मन्त्रालयमा पत्रकारसंग कुरा गर्दै यस्तो बताएका हुन् ।

मन्त्री ज्वालाले ५/५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको जानकारी दिए । ‘कारको आयु नै २० बर्षको छ । ५/५ बर्षमा नविकरण गर्दा नविकरण पनि झन्झटिलो, म्याद सकिएको पनि पत्ता नलाग्ने अवस्थालाई अन्त्य गर्ने र यो लोडको क्यु पनि कम हुने गरी यसलाई १० बर्षमा नविकरण गर्ने गरी ऐनमै व्यवस्था गरेर अगाडि बढाएका छौँ’, उनले भने ।

उनले ट्रायल पास गरी लामो समयसम्म स्मार्ट लाइसेन्स कुुरेर बसेकाहरूको समस्या ८ महिनाभित्र अन्त्य गर्ने योजना बनाएको मन्त्री ज्वालाको दाबी छ ।

सवारी साधनमा इम्बोस्ड नम्बरका विषयमा अंग्रेजीमा मात्रै प्रिन्ट भएकोमा केही आलोचना र गुनासोहरू आएको भन्दै मन्त्रिपरिषदबाट निर्णय गरेर अंग्रेजी, नेपाली दुबै प्रयोग गर्न पाउने व्यवस्था गरेको उनले बताए ।