नेपाली बजारमा ‘जार्बोट’ लन्च

नेपाली बजारमा ‘जार्बोट’ लन्च

कहिरन समाचार

काठमाडौँ । छाला तथा सौन्दर्य प्रयोजनमा प्रयोग हने जार्बोट ब्रान्डको बोटुलिनम टक्सिन नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

सोसाइटी अफ डर्माटो भेनेरो लेप्रोलोजिष्ट अफ नेपालको १७ औं राष्ट्रिय अधिवेशनको वर्कशपमार्फत् वैशाख ९ गते जार्बोर्ट नामक ब्रान्डको बोटुलिनम टक्सिन नेपालमा लन्च गरिएको हो ।

विश्वभर ख्यातिप्राप्त भारतीय औषधी कम्पनी गुफिक बायोसाइन्सेस लिमिटेड, मुम्बईले नेपालमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरेर आफ्नो उत्पादन नेपाली बजारमा बिक्री वितरण सुरु गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै गुफिक बायोसाइन्सेस लिमिटेडका मेडिकल डाइरेक्टर डा. राजेश लालचन्दानीले बोटुलिनमको प्रयोग बढ्दै गएकाले नेपालमा समेत यसको उपयोगिता बढ्ने विश्वास व्यक्त गरे ।

गुफिक बायोसाइन्सेसका लागि नेपालका कन्ट्री मेनेजर दिपक भट्टाचार्यले जार्बोर्ट ब्रान्डको बोटुलिनम टक्सिन नेपालमा लोकप्रिय हुने भन्दै देशका सबै शहरहरुमा यस ब्रान्डलाई उपलब्ध गराइने जानकारी दिए ।