उपनिर्वाचन: वाग्ले जित नजिक, उपेन्द्र र कुशवाहबीच कडा टक्कर

उपनिर्वाचन: वाग्ले जित नजिक, उपेन्द्र र कुशवाहबीच कडा टक्कर

कहिरन समाचार

काठमाडौँ । तीन लिल्लामा भएको पछिल्लो उपनिर्वाचन मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई क्षेत्रमा अग्रता लिएको छ भने एक क्षेत्रमा जसपा अगाडि रहेको छ ।

चितवन-२ मा सम्पन्न उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले झण्डै ३ हजार मतको अग्रता लिएका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ६ हजार ५६८ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ९०२ र तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २ हजार ६८८ मत प्राप्त गरेका छन् ।

यस्तै तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई १० हजार मतान्तरले पछि पारेका छन् । वाग्ले जित निश्चित देखिएको छ ।

वाग्लेले २४ हजार ४०६ मत प्राप्त गरेका छन् भने कांग्रेसका भट्टराईले १४ हजार १८२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालले ७ हजार २६ मत पाएका छन् ।

यता बारा क्षेत्र-२ मा जसपाका उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहबीच कडा टक्कर देखिएको । मतगणना जारी रहँदा अहिले जसपाका उपेन्द्र यादवले अग्रता लिएका छन् ।

जसपाका यादवले २ हजार ९५४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २ हजार ३०४ मत पाएका छन् । एमालेका पुरुषोत्तम पौडेलले १००४ र रास्वपाका रमेश खरेलले २६९ मत पाएका छन् ।