धेरै काँटीसहित मंगलदीप चम्पा जिपलक बजारमा

धेरै काँटीसहित मंगलदीप चम्पा जिपलक बजारमा

कहिरन समाचार

काठमाडौँ । नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ उत्पादन बजारमा सार्वजनिक गरेको छ । कम्पनीले मंगलदीप चम्पा अगरबत्ती धेरै काँटिसहितको जिपलक प्याकमा बजारमा सार्वजनिक गरेको हो ।

नेपालमै सर्वाधिक रुचाइएको मंगलदीप चम्पा अगरबत्तीको नयाँ संस्करण धेरै काँटी सहितको जिपलक प्याकमा १६५ वटा सुगन्धित र गुणस्तरीय काँटीहरु रहेका छन् । जसको मूल्य रु. १०० प्रति प्याक कायम गरीएको छ ।

जिपलकमा उपलब्ध भएको कारणले मंगलदीप चम्पाको यो प्याकका काँटीको सुगन्ध बढि समयसम्म कायम रहने हुँर्दा हरेक पटकको प्रयोगमा ग्राहकहरुले उहि अद्भूत सुगन्ध प्राप्त गर्ने कम्पनिले बताएको छ । यस जिपलक प्याकले उत्कृष्ट गुणस्तरियता कायम राखी मंगलदीप ब्राण्डको छवि र ब्राण्ड प्रति उपभोक्ताको लगावलाई अझ सुदृढ बनाउने विश्वास कम्पनीको छ ।

१६५ वटा सुगन्धित एवं गुणस्तरिय काँटी भएकोले चम्पा जिपलक लामो समयसम्म चल्ने भएकाले छोटो अन्तरालमा अगरबत्ती खरिद गर्नुपर्ने वाध्यताको पनि अन्त्य हुने कम्पनिले बताएको छ । साथै हरेक प्रयोग पछि जिपलक बन्दगरी सुरक्षित तवरले राख्दा सहज भण्डारीकरण र गुणस्तरमा कुनै ह्रास नआउने कम्पनीले जनाएको छ ।

मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन, ल्यावेंडर, ज्यासमिन, त्रिसारा, त्रेया तथा पुष्पाञ्जली लागायतका विभिन्न ब्राण्डहरु बजारमा उपलब्ध रहेका छन् ।