पार्ले एग्रोको ‘फ्रुटी’ पुन: नेपाली बजारमा, पहिलो ब्रान्ड एम्बेसेडर बनिन् उपासना सिंह ठकुरी

पार्ले एग्रोको ‘फ्रुटी’ पुन: नेपाली बजारमा, पहिलो ब्रान्ड एम्बेसेडर बनिन् उपासना सिंह ठकुरी

कहिरन समाचार

काठमाडौं । भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनि पार्ले एग्रोले चर्चित पेय पदार्थ फ्रुटीलाई ३ वर्षको अन्तरालपछि नेपाली बजारमा पुनः ल्याएको छ ।

पार्ले एग्रोले नेपाली बजारमा फ्रुटी १२५ मिलि तथा २०० मिलिको कार्टन प्याक तथा १५० मिलि, २५० मिलि र ५०० मिलिको PETबोटलमा उपलब्ध गराएको हो ।

पार्ले एग्रोले नेपालमा पहिलो पटक फ्रुटीको ब्रान्ड एम्बेसेडर पनि तोकेको छ । पार्ले एग्रोले अभिनेत्री उपासना सिंह ठकुरीलाई फ्रुटीको ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको हो ।

फ्रुटीको ब्रान्ड एम्बेसेडरमा अनुबन्धित हुदै ठकुरीले सानैदेखि फ्रुटीको फ्यान भएको बताउदै नेपाली बजारमा फेरि पनि फ्रुटी आएकोमा हर्ष व्यक्त गरिन् । उनले भनिन्, ‘यस्तो बहुप्रतिष्ठित ब्रान्डको पहिलो ब्रान्ड एम्बेसेडर हुन पाउँदा मलाई गर्व लागेको छ । नेपालमा फ्रुटीले फेरि पनि युवाहरूसामू आफ्नो छाप छोड्न भन्ने मलाई विश्वास छ ।’

त्यस्तै पार्ले एग्रोले स्याउको कार्बोनेटेड पेय पदार्थ एप्पि फिज पनि बजारमा ल्याएको छ । नेपाली बजारका लागि यो नौलो पेय पदार्थ जसमा अर्गानिक स्याउको पेय पदार्थलाई कार्बोनेटेड गरिएको छ ।

एर्गोले ‘एप्पि फिज’का लागि ब्रान्ड एम्बेसेडरमा अभिनेत्री प्रियङ्का कार्कीलाई नियुक्त गरेको छ । एप्पि फिजको ब्रान्ड एम्बेसेडरमा अनुबन्धित कार्कीले एप्पि फिजको नेपालको पहिलो ब्रान्ड प्रतिनिधि हुन पाउँदा निकै उत्साहित भएको बताइन् । उनले भनिन्, ‘एप्पि फिज अरू ड्रिङ्कहरूभन्दा फरक छ, यसको स्वाद पृथक् छ, नौलो छ । ताजापनका लागि कुनै ड्रिङ्क खानुहुन्छ भने म एप्पि फिज नै खानुहोस् भन्छु ।’

एप्पि फिज १६० मिलि, २५० मिलि, तथा ५०० मिलिको एभ्त्बोटलमा उपलब्ध छ । फ्रुटी र एप्पि फिजलाई नेपालको हरेक कुनासम्म पुर्यातउने योजनाका साथपार्ले एग्रोले विशाल ग्रुपसँग साझेदारी गरेको छ । विशाल ग्रुपको साउथ एसियन बेभरेजले हाल नेपालमा फ्रुटी तथा एप्पि फिज पेय पदार्थ नेपालभरि वितरण गरिरहेको छ ।

पाले एग्रोकी सह-प्रबन्ध निर्देशक तथा सि.एम.ओ. नादिया चौहानले नेपाल फ्रुटी अपार सम्भावना बोकेको बजार भएको बताइन् । उनले फ्रुटी र एप्पि फिजलाई नेपाली उपभोक्ताको रोजाइमा पारी गहिरो सम्बन्ध बनाउने लक्ष्य रहेको बताइन् ।

यस्तै साउथ एसियन बेभरेज प्रा. लि.का प्रबन्ध निर्देशक आशिष अग्रवालले भारतको अग्रणी पेय पदार्थ निर्माता पार्ले एग्रोसँग साझेदारी गर्न पाउँदा र फ्रुटिलाई नेपाली उपभोक्ताको प्राथमिकतामा पार्न तथा एप्पि फिजसँगको नयाँ सम्बन्ध सिर्जना गर्न पाउँदा गर्व लागेको बताए ।

उनले भने, ‘हामीसँग FMCG धेरै अनुभव भएको बलियो सेल्स टोली छ र हामीसँग २५ वर्ष भन्दा बढीको FMCG वितरणको अनुभव छ जसले पक्कै पनि अबको केही वर्षमा हामीलाई श्रेणीमा अगुवा बनाउने छ ।’