तनहुँ-२ मा स्वर्णीमलाई फराकिलो मतान्तरको अग्रता कायमै

तनहुँ-२ मा स्वर्णीमलाई फराकिलो मतान्तरको अग्रता कायमै

कहिरन समाचार

काठमाडौं । तनहुँ-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णीम वाग्लेले फराकिलो मतान्तरले अग्रता कायमै राखेका छन् । २२ वटा वडाको मत गणना सकिँदा वाग्लेले ६ हजार ८ सय ३८ मतको अग्रता कायम गरेका छन् ।

कुल ३१ हजार २ सय १९ मत गणना भएको छ भने वाग्लेले १५ हजार ९ सय ५८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ९ हजार १ सय २० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार १ सय ६६ मत पाएका छन् ।