गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त

कहिरन समाचार

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत गुमाएसँगै उनी पदमुक्त भएका हुन् ।

प्रदेश सभामा आज भएको मत बिभाजनका क्रममा विश्वासको मतका लागि ६० प्रदेशसभा सदस्यमा मध्ये २४ जनाले मात्रै विश्वासको पक्षमा मत दिएका थिए । विश्वासको बिपक्षमा ३५ मत खसेपछि उक्त प्रस्ताब बहुमतले अस्वीकृत भएको थियो ।

अधिकारी माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अधिकारीलाई एमाले बाहेक राप्रपाका दुई सांसदले साथ दिएका थिए भने माओवादी केन्द्र, कांग्रेस र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए ।

यसअघि अधिकारीलाई समर्थन गरेको माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले आज विश्वासको मत मागेका थिए । विश्वासको मत माग्न प्रदेशसभामा सम्बोधन गर्दै उनले समर्थन फिर्ता लिकोको भन्दै माओवादी केन्द्रप्रति असन्तुष्टि ब्यक्त गरेका थिए ।

माओवादी केन्द्रले पहिले विश्वासको मत दिने र केन्द्रको निर्देशनमा फिर्ता लिने अपरिपक्व र अस्वस्थ क्रियाकलाप देखिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।