काठमाडौं-तराई द्रुतमार्गको अवधि चार वर्ष थप

काठमाडौं-तराई द्रुतमार्गको अवधि चार वर्ष थप

कहिरन समाचार

काठमाडौं । सरकारले काठमाडौं-तराई द्रुतमार्गको निर्माण अवधि फेरि चार वर्ष थपेको छ ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले द्रुतमार्गको अवधि आगामी २०८३ चैत मसान्तसम्म थप्ने निर्णय गरिएको बताइन् । गत वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले द्रुतमार्गको अवधि चार वर्ष थप्ने निर्णय गरेको थियो ।

सरकारले चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७४ वैशाख २१ मा नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मा दिएको थियो । तर, साढे ६ वर्ष पुग्न लाग्दा एक चौथाइ पनि काम भएको छैन । यसको लागत पनि दोब्बर थपिएर दुई खर्ब १४ अर्बभन्दा बढी पुगेको छ ।