काठमाडौँ । यही वैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि बिहीबार मध्यरातिदेखि सुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मध्यरात १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने बताए ।
मतदान हुनु ४८ घण्टा अघि मौन अवधि सुरु हुने प्रावधान छ । मौन अवधि उल्लघंन गरे निर्वाचन ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
आयोगले आफ्ना उम्मेदवार रोजी भयरहित भई मतदानमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेको छ । वैशाख १० गते आइतबार चितवन–२, बारा–२ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया