राष्ट्रपति पौडेल अवस्थ, छातीबाट पानी निकालेर परीक्षण गरिँदै

राष्ट्रपति पौडेल अवस्थ, छातीबाट पानी निकालेर परीक्षण गरिँदै

कहिरन समाचार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । राष्ट्रपति पौडेलको छातीमा समस्या आएपछि सोमबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

शिक्षण अस्पतालले उनको उपचारमा संलग्न चिकित्सकहरुलाइ उल्लेख गर्दै निकालेको विज्ञप्तीमा थप परीक्षणको लागि उनको बायाँ छातीको तल्लो भागबाट भिडियो एक्सरे (अल्ट्रा साउन्ड)को सहायताले परीक्षणका लागि पानी (pleural fluid) निकालेका छन् । त्यो पानी परीक्षणका लागि पठाइएको छ ।

हाल उनको स्वास्थ्य अस्वस्था सामान्य रहेको समेत अस्पतालले जनाएको छ । हाल उनी निवास फर्किइसकेको अस्पतालले विज्ञप्‍तिमार्फत जनाएको छ ।

केही दिन अगाडि पनि राष्ट्रपति स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पताल पुगेका थिए । त्यस समय केही दिन भर्ना नै गरेर उनको उपचार गरिएको थियो ।