राजस्वसम्बन्धी सर्भर डाउन, राजस्व संकलन प्रभावित

राजस्वसम्बन्धी सर्भर डाउन, राजस्व संकलन प्रभावित

कहिरन समाचार

काठमाडौँ । सरकारी राजस्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व संकलन प्रभावित बनेको छ । आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजस्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

‘यस कार्यालयबाट सञ्चालित प्रणाली आरएमआइए, टिएसए, सिजिएएस, सूत्र, पिएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या देखिएकाले आज बिहान ११ बजेदेखि १ बजेसम्म प्रणाली सञ्चालन हन नसकेकाले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गदछौँ,’ कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

दिउँसो १ बजेपछि सर्भर सञ्चालनमा आए पनि पूर्ण रूपमा भने सञ्चालनमा आउन नसकेको महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए । दिउँसो ३ घन्टा सर्भर पूर्ण रूपमा डाउन भएको थियो, १ बजेपछि सञ्चालनमा आउँदा एकैपटक धेरैले सर्भर चलाउन स्लो भएको छ,’ उनले भने ।

उनका अनुसार सरकारी सर्भरमा समस्या देखिएपछि आज अनलाइनमार्फत हुने राजस्व संकलन ठप्प भएको छ । राजस्व संकलनसँगै काटिएका चेकसमेत नसाटिएको उनले बताए ।