५९ जिल्लाका विद्यालयहरूमा पुग्यो पाठ्यपुस्तक

५९ जिल्लाका विद्यालयहरूमा पुग्यो पाठ्यपुस्तक

कहिरन समाचार

काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

सोमवार पाठ्यपुस्तक बिक्री वितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केन्द्रमा अनुगमन गरेको छ । अनुगमनपश्चात केन्द्रका प्रवन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुयाउने गरी काम भइरहेको बताए । उनले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जानकारी दिए ।

उनका अनुसार केन्द्रले कक्षा ६ देखि कक्षा १० सम्मका एक करोड ५० लाख पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरी बिक्री वितरण गरिहेको छ । केही स्थानमा ढुवानीको क्रममा रहेकाले ३ दिनभित्र पुस्तक पुगिसक्ने स्पष्ट पार्दै उनले बाँकी १८ जिल्लामा वैशाख १५ सम्म पुस्तक पुग्ने बताए ।

पुस्तक छपाई गर्ने मेसिन, जनशक्ति, बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरुमा पुस्तक पु¥याउन सफल भएको झाको भनाइ छ ।

‘मेसिनको संख्या २ थियो, ३ थप्दा ५ वटा भयो । ८० हजार प्रतिदिन छपाई क्षमता भएकोमा मेसिन थपिएसँगै प्रतिदिन २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पुगेका छौं । कागज खरिदमा समस्या नहुँदा पुसपछि निरन्तर रुपमा मसिन सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि थप सहज भयो ।’