संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश हुन्छ : सञ्चारमन्त्री

संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश हुन्छ : सञ्चारमन्त्री

कहिरन समाचार

काठमाडौं । नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश गर्ने तयारीमा रहेको बताएकी छिन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५र०७६, ०६७र०७७ र ०७७र०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

सरकारले पनि सो ऐनलाई अत्यन्तै प्राथमिकतामा राखेर अघि बढाएको र अहिले त्यो कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणको रहेको जानकारी गराइन् । मन्त्री शर्माले कर्मचारीहरूको सरुवालाई व्यवस्थित बनाउने गरी सो ऐनमा आवश्यक व्यवस्था मिलाउन पनि सांसदहरूलाई आग्रह गरिन् ।

उनले कर्मचारी सरुवाको विषय व्यवस्थित नभएको स्विकार गर्दै अब बन्ने संघीय निजामती सेवा ऐनले त्यसलाई व्यवस्थित बनाउने विश्वास समेत व्यक्त गरिन् ।

कर्मचारीहरूको समय तोकेर सुरुवाको मापदण्ड बनाउन सके उनीहरू छिटो छिटो सरुवा हुने समस्या समाधान हुने मन्त्री शर्माको तर्क छ ।