फिफा वरीयतामा नेपालको एक स्थान सुधार

फिफा वरीयतामा नेपालको एक स्थान सुधार

कहिरन समाचार

काठमाडौं । विश्व फूटबल महासंघ (फिफा)को वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको पुरुष फूटबल टोलीको नयाँ वरीयतामा नेपाल ९६३ अङ्कसहित १७४औं स्थानमा पुगेको छ । यसअघि नेपाल १७५औं स्थानमा थियो ।

दक्षिण एशियाली देश भुटान बाङ्लादेश, पाकिस्तान र श्रीलंकाभन्दा माथि छ । भुटान १८५औं, बाङ्लादेश १९२औं, पाकिस्तान १९५औं र श्रीलंका २०७औं स्थानमा छन् । त्यस्तै अफगानिस्तान, माल्दिभ्स र भारत नेपालभन्दा माथि छन् । अफगानिस्तान १५५, मालदिभ्स १५४ र भारत १०१ स्थानमा छन् ।

फिफा वरीयताको पहिलो नम्बरमा अर्जेन्टिना छ । अर्जेन्टिना एक हजार ८४० अङ्क सहित पहिलो नम्बरमा छ । दोस्रो नम्बरमा रहेको फ्रान्सको एक हजार ८३८, तेस्रो नम्बरको ब्राजिल एक हजार ८३४, चौथो नम्बरको बेल्जियम एक हजार ७९२.५३ र पाँचौं नम्बरको इङ्ल्यान्डको एक हजार ७९२.३४ नम्बर छ ।

फिफा वरीयतामा समेटिएका २११ देशमध्ये पुछारमा सान मारिनोको ७५९ नम्बर छ । त्यस्तै, २१०औं नम्बरमा रहेको अंगुलियाको ७८५ नम्बर छ ।