आज दुई खेल सहिद स्मारक ए डिभिजन लिगमा

आज दुई खेल सहिद स्मारक ए डिभिजन लिगमा

कहिरन समाचार

सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरणका खेलहरू आजबाट सुरु हुँदैछन् । सोमबार दुई खेलहरू हुनेछन् जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ ।

च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो २ बजे हुनेछ । एपीएफ आज तेस्रो जितको खोजीमा हुनेछ । एपीएफ ७ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । पुलिस लिगमा पहिलो जितको खोजीमा हुनेछ । पाँचौँ चरणसम्म जित विहीन पुलिस पहिलो ३ अङ्क बटुल्ने योजनामा रहेको छ । पुलिस १ अङ्क जोडेर पुछारमा रहेको छ । यस्तै एन्फा कम्प्लेक्समा संकटा क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । संकटा र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।