युक्रेनको बखमुट सहरको सिटी हलमा रुसको झण्डा फहराइयो

युक्रेनको बखमुट सहरको सिटी हलमा रुसको झण्डा फहराइयो

कहिरन समाचार

रुसको वाग्नर मर्सिनरी समूहका प्रमुखले युक्रेनको बखमुट सहरको सिटी हलमा रुसको झण्डा फहराएको जानकारी दिएका छन् । राति खिचिएको भिडियोमा येभगेनी प्रिगोजिनले बखमुट सहर अब ‘कानुनी रूपमा’ रुसको अधिनमा रहेको बताएका हुन् । यद्यपि, युक्रेनका सैनिकहरूले अझै पनि पश्चिमी जिल्लाहरूमा संघर्ष जारी राखेको उनको भनाई छ । यता, युक्रेनले भने बखमुटमा अझै पनि आफ्नै नियन्त्रणमा रहेको दाबी गरेको छ । युक्रेनको पूर्वी सहरलाई रुसले केही महिनाअघि देखि नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्द्री येरमाकले रुसले गरेको जीतको दाबी ‘वास्तविकता’ मा नरहेको र गलत सूचनाको पछि नलाग्न आग्रह गरेका छन् । लामो समयदेखि जारी भिडन्तमा दुवै देशका सैनिकहरूले ठुलो क्षति बेहोरेका छन् ।