कोन्टेले छाडे टोटनहम

कोन्टेले छाडे टोटनहम

कहिरन समाचार

क्लबमा आएको १६ महिनापछि म्यानेजर एन्टोनिओ कोन्टेले आपसी सहमतिमा टोटनहम हटस्पर्सबाट बिदा भएका छन् ।

साउथह्याम्पटनविरुद्धको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा कोन्टेले स्पर्सका खेलाडीहरूलाई ‘स्वार्थी’ भएको आरोप लगाउनुका साथै क्लबको संस्कृतिको आलोचना गरेका थिए ।

स्पर्स प्रिमियर लिगको चौथो स्थानमा भए पनि सबै कप प्रतियोगिताबाट बाहिरिइसकेको छ । कोन्टेको स्थानमा उनका एसिस्टेन्ट क्रिस्टिन स्टेलिनीले बाँकी सिजन मुख्य प्रशिक्षकको भूमिका निभाउनेछन् ।

सन् २०१९ मा माउरिसियो पोचेटिन्होले क्लब छाडेयता क्लबले चार वर्षमा चारवटा प्रशिक्षक फेरिसकेको छ । स्पर्सले नुनो स्पेरितो सान्तोलाई बर्खास्त गरेपछि क्लबले चेल्सी, युभेन्टस र इन्टर मिलानसँग लिग उपाधि जितेका कोन्टेलाई नोभेम्बर २०२१ मा नियुक्त गरेको थियो ।